Madhesh Agriculture University

Blinking with JavaScript

मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्री माननीय श्री रानी कुमारी तिवारीज्यूको भ्रमण

मधेश प्रदेशको गौरवको आयोजना मधेस कृषि विश्वविद्यालय राजविराज सप्तरीको मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्री माननीय श्री रानी कुमारी तिवारीज्यू र निमित्त प्रदेश शिक्षा सचिव दिलिप कुमार ठाकुर ज्यूले अवलोकन निरीक्षण तथा अनुगमन गर्नुभयो। यस विश्वविद्यालय अन्तर्गत सञ्चालित कृषि महाविद्यालयको शैक्षिक अवस्था,कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय, अनुसन्धान फारम तथा राजबिराज नगरपालिका १३ कृषिनगरमा  निर्माणधीन विश्वविद्यालयको प्रशासनिक तथा शैक्षिक भवनको अनुगमन गर्नुभयो । माननीय मन्त्रीज्यू तथा टोलीले यस विश्वविद्यालयका उपकुलपति,रजिष्ट्रार , विषयगत उपप्राध्यापकहरू, कर्मचारीहरूसँग अन्तर्क्रिया तथा संयुक्त रुपमा स्थलगतरुपमा अवलोकन गर्नुभयो । उक्त भ्रमणको दौरानमा माननीय मंत्रीज्यूले विश्वविद्यालय परिवारद्वारा छोटो समयमा गरेका कामहरु सराहनीय देखिएको र आउने दिनमा विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक क्रियाकलापहरू छिटो, छरितो, सुलभ हुने विश्वास दिलाउनु भयो । वहाँले विश्वविद्यालयका चुनौतीहरु छिटै समाधान हुने आश्वासन दिनुका साथै उत्तरोत्तर प्रगतिको कामना सहित सम्पूर्णमा शुभकामना गर्नु भएको थियो ।