मधेश कृषि विश्वविद्यालयले कृषि महाविद्यालय अन्तर्गत कृषि स्नातक तहको पठन पाठनको शभारम्भ गरेको छ ।उक्त कार्यक्रम प्रमुख आतिथ्य पूर्व उपप्रधान मन्त्री तथा संघीय साँसद माननीय उपेन्द्र यादवज्यू , विशिष्ट आतिथ्य माननीय मुख्यमन्त्री सरोज कुमार यादवज्यू , विशेष आतिथ्य माननीय शिक्षा, विज्ञान प्रविधि तथा बाणिज्य मंत्री श्री महेश प्रसाद यादवज्यू तथा नीति तथा योजना आयोग उपाध्यक्ष माननीय नाथु प्रसाद चौधरीज्यूले गर्नु भएको थियो । सो कार्यक्रममा मैले विश्वविद्यालयको तर्फबाट स्वागत मन्तव्य, कार्यक्रमको उदेश्य, १७ महिनामा भएको गतिविधि तथा प्रगति बारे बिस्तृत रूपमा प्रस्तुत गर्ने अवसर प्रप्त भयो ।के अ माध्यमिक विद्यालय राजविराजमा सम्पन्न समारोहमा पूर्व मंत्री रेणु यादप ज्यू, प्रदेश साँसद माननीय किरण साहज्यू, पालिकाहरूका प्रमुख, जिल्लाका कार्यालय प्रमुख, प्राध्यापक, नयाँ भर्ना भएका विद्यार्थी, शिक्षक, अभिभावक, राजनैतिक दलका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायत सयौंं जनाको उपस्थितिमा सफलतापूर्वक सम्पन्न भएकोमा विश्वविद्यालय परिवार साह्रै हर्षित तथा उत्साहित रहेको छ । विश्वविद्यालयमा वहाँहरूको भ्रमण तथा अवलोकन भएको थियो ।शुभारम्भ समारोहको उदघाटन प्रमुख अतिथि माननीय उपेन्द्र यादवज्यू, माननीय मुख्यमंत्री तथा शिक्षा मंत्रीज्यूद्वारा भयो । सहयोग गर्नु हुने सम्पूर्णमा आभार तथा धन्यवाद ।





